आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्तोष र अमृता अभिनित गीत ‘हजुरै हो’ सार्वजनिक

मङ्गलबार, ०३ साउन २०७९, ०९ : १८
मङ्गलबार, ०३ साउन २०७९

डीआर सुजन, अस्मिता अधिकारी र एलिना चौहानको स्वर रहेको गीत ‘हजुरै हो ’ सार्वजनिक भएको छ । बोधश्रीको शब्द, डीआर सुजनकै संगीत र बिनोद बाजुरालीको संगीत संयोजन गीतमा छ । 

गीतको भिडियोमा टिकटकमा पत्नी पीडित बटुकजीको पात्रका रुपमा लोकप्रियता कमाएका सन्तोष पौडेलको अभिनय छ ।  भिडियो अभिनयमा उनलाई वास्तविक जीवनको पत्नी अमृता पौडेलका साथमा लक्ष्मी गिरी, खेम बा, सो गीतका गायक तथा त्यसमाथि बनेको भिडियोका निर्देशक डीआर सुजन, गीतकार बोधश्री र बालकलाकार बिदान मैनालीले अभिनय गरेका छन्। लोभ लाग्दो नृत्य र भावुक कथाको गीत नजिकिँदै गएको हरितालिका तीजको अवसरमा सार्वजनिक गरिएको हो ।

कोरोना महामारीको समयमा लगाइएको लकडाउनमा समय कटाउन र अभिनयको शौख पूरा गर्न टिकटक बनाउन थालेका सन्तोष छोटो समयमै सो सामाजिक सञ्जालमा हिट हुन पुगेका थिए । 

गीतको भिडियोमा बिधुवा नारीप्रति समाजले गर्ने दुर्व्यवहार र मदिरा सेवन गरी परिवार र सन्तानलाई दुर्व्यवहार गर्ने पुरुषको कथा प्रस्तुत गरिएको छ । सुन्दा रमाईलो लाग्ने र हेर्दा भावविहोल बनाउने भिडियोमा विधुवा महिलासँगको भएको प्रेम र विवाहलाई समाज र घर परिवारले गर्ने ब्यबहारलाई पस्किएको छ । 

भिडियोको निर्देशन डीआर सुजनले गरेका हुन् । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोमा रेशम दर्नालीको छायांकन र पदम सुवेदीको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप