आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी जनप्रतिनिधिबाट बर्दिवास नगर कार्यपालिका बैठक बहिष्कार

मङ्गलबार, ०३ साउन २०७९, १३ : ०३
मङ्गलबार, ०३ साउन २०७९

विधि–विधानअनुसार बर्दिबास नगर कार्यपालिका बैठक सञ्चालन नभएको भन्दै माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिष्कार गरेका छन् । बैठक स्थानीय सरकार सञ्चालन ऐन तथा कार्यविधिअनुसार नभएका कारण बहिष्कार गर्नु परेको वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको भनाइ छ ।

'बैठकलाई व्यवस्थित र कार्यविधिमा रहेर सञ्चालन गर्न अनुरोध गर्यौ तर उहाँहरूले नमानेपछि हामी बैठकबाट निस्क्यौँ ' वडाध्यक्ष शम्सेर सिंहले भने । बैठकमा भएका निर्णय सकेसम्म सर्वसम्मत गर्नुपर्ने नत्र ५१ प्रतिशत बहुमत पुर्‍याएर पारित गर्नुपर्ने कार्यविधि भए पनि नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले जबर्जस्ती गर्न खोजेको जनप्रतिनिधिहरूको आरोप छ ।

प्रमुख प्रशासकीय अधिकृतले पहिल्यै माइन्युट तयार गरेर हस्ताक्षर गराउने र निर्णयहरू सर्वसम्मत भएको भन्दै सार्वजनिक गर्ने परिपाटीले जनतामा नराम्रो छाप परिरहेको बताउँदै बैठकलाई व्यवस्थित नबनाए बहिष्कार जारी रहने उनीहरूको भनाइ छ । नेपाली काँग्रेसबाट बागी उम्मेदवार दिएर निर्वाचित भएका नगरप्रमुख प्रह्लाद क्षेत्रीकै अहिले कार्यपालिकामा बहुमत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप