आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भेरी नदीमा डुबेर सुर्खेतका एक जनाको मृत्यु

बिहीबार, ०५ साउन २०७९, १२ : ३९
बिहीबार, ०५ साउन २०७९

भेरी नदीमा डुबेर सुर्खेतको बराहताल गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बराहताल गाउँपालिका–२ पाक्माका वर्ष ४५ का भीम बहादुर मन्दीर रहेका छन् । 

प्रहरीका अनुसार उनी बुधबार बिहान ९ बजेको समयमा सिस्नेरी जान्छु भनेर घरबाट निस्किएका थिए । घरबाट निस्कँदा उनले डुङ्गा (नाउ) लिएर गएका थिए । तर लामो समयसम्म घर नफर्केपछि परिवारले भेरी नदीमा खोजतलास गर्दै जाँदा हिजो साँझ मात्रै उनको लास भेटाएको प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी हिराबहादुर पाण्डेले बताए । 

उनका अनुसार उनको लास भेरी नदी अन्तर्गत सिस्नेरीबाट झण्डै ५ किलोमिटर पश्चिमतर्फ बराहताल गाउँपालिका–४ को चोक्टे भन्ने ठाउँमा फेला परेको हो । उनले भने,‘शव भेरी नदीको बीच भागमा पर्ने टामुमा तैरिएको अबस्थामा फेला परेको हो । त्यसपछि मात्रै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।’ 

त्यसपछि घटना भएको स्थानमा प्रहरीको टोली परिचालन गरिएको थियो । उनका अनुसार ईलाका प्रहरी कार्यालय बाबियाचौर बाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जना प्रहरी टोलीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप