आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिलिपिन्समा ७ दशमलब १ म्याग्‍निच्यूडको भूकम्प

बुधबार, ११ साउन २०७९, ०९ : ३५
बुधबार, ११ साउन २०७९

फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । 

भूकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरुलाई नराम्ररी क्षति पुर्याएको छ । भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो ।

भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन् । भूकम्पले हल्लाउने वित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर खाली स्थानमा पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप