नेपाल फाइनान्सले ११ लाख ३४ हजार कित्ता सेयर लिलामीमा बेच्ने
आइतबार, १५ साउन २०७९, १० : १७
नेपाल फाइनान्सले साउन २३ गतेदेखि ११ लाख ३४ हजार ७१६.१८ कित्ता संस्थापक सेयर लिलामीमा बेच्ने भएको छ । यस लिलामीमा कम्पनीको संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १०० रूपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद भदौ ६ गतेसम्म रहेको छ ।
कम्पनीले यसअघि असार १७ गतेदेखि २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.२७ कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको थियो । तर, सो समयमा बिक्री नभएको संस्थापक समूहको बाँकी सेयर कम्पनीले फेरि लिलामीमा ल्याउन लागेको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।