आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खोला तर्ने क्रममा बगाएर मृत्यु

बुधबार, १८ साउन २०७९, ०७ : २७
बुधबार, १८ साउन २०७९

त्रियुगा खोलाले बगाएर उदयपुरमा एक पुरुषको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ७ तिलबारी कौवाईका ५० वर्षीय बौवा चापागाईंको मंगलबार खोला तर्ने क्रममा ज्यान गएको हो ।  

बजारबाट घर फर्किने क्रममा त्रियुगा खोला तर्ने क्रममा बाढीले बगाएर चापागाईंको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक मोहन थापाले बताए । बजारबाट घर फर्कदा बगाएर झन्डै ५० मिटर तल पुर्याउँदा घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।
 
थापाका अनुसार स्थानीयबासीले  कौवाईस्थित त्रियुगा पुल नजिक लडेको देखेर  निकाल्दा उनको ज्यान गई सकेको थियो । घटनास्थलको मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप