आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डीएसपीलाई सम्पर्क व्यक्ति तोकेर आत्महत्या न्यूनिकरण गर्ने काठमाडौं प्रहरीको अभियान

मङ्गलबार, २४ साउन २०७९, ११ : ५६
मङ्गलबार, २४ साउन २०७९

काठमाडौं प्रहरीले आत्महत्याका घटना न्यूनिकरण गर्नका लागि सम्पर्क व्यक्ति तोकेर ‘न्युनिकरण अभियान’ शुरु गरेको छ । प्रहरी नायव उपरिक्षक (डीएसपी)लाई सम्पर्क व्यक्ति तोकेर तत्काल उद्दार र चिकित्सकको सहयोगमा परामर्श दिन थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

उपत्यकामा आत्महत्याका घटना दैनिक बढेपछि न्यूनिकरण गर्न डीएसपी इन्चार्ज हुने प्रहरी वृत्तका इन्स्पेक्टरहरुलाई र प्रहरी प्रभागका इन्चार्जलाई पनि फोकल पर्सन तोकिएको छ ।  फोकल पर्सन मार्फत त्यस्ता घटनाको सुचना लिएर तत्काल उद्दारका लागि परिचालन गरिने एसपी मैनालीले जानकारी दिए ।

आत्महत्या गर्न खोज्नेहरूलाई उद्धारपछि चिकित्सकको सहयोगमा प्रहरीले काउन्सिलिङ गर्ने भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काउन्सिलिङको लागि नेपाल प्रहरी अस्पतालका चिकित्सक परिचालित हुनेछन् । फोकल पर्सनहरुलाई प्रहरी अस्पतालका विशेषज्ञ डाक्टरहरुले प्रशिक्षण प्रदान गर्ने एसपी मैनालीले बताए ।

आत्महत्याबाट प्रभावित क्षेत्रहरुमा सचेतनामूलक कार्यक्रम संचालन गर्ने काठमाडौं प्रहरीको योजना छ ।​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप