आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राप्रपा नेपालको केन्द्रीय समिती बैठक आज पनि बस्दै

मङ्गलबार, ३१ साउन २०७९, ०८ : २९
मङ्गलबार, ३१ साउन २०७९

कमल थापा नेतृत्वका राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको नेपालको केन्द्रीय कार्य समितीको बैठक आज पनि बस्नेछ । अध्यक्ष कमल थापाले प्रस्तुत गरेको वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्रका बारेमा बाँकी केन्द्रीय सदस्य तथा पदाधिकारीहरुले आज पनि धारणा राख्ने छन् ।

जारी बैठकमा महामन्त्री भाष्कर भद्राले पेश गरेको सचिवालय सम्बन्धि प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धि प्रतिवेदन, अर्का महामन्त्री राजाराम बर्तौलाको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदनमाथि टिप्पणी हुनेछ ।

महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकमा निर्वाचनको तयारी र आवश्यक रणनीति निर्माण गर्ने बिषयमा महत्त्वपूर्ण छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप