आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको मौसम पूर्वानुमान

बुधबार, ०८ भदौ २०७९, ०६ : ०९
बुधबार, ०८ भदौ २०७९

हाल देशभरको मनसुनमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले  कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १ र लुम्बिनी प्रदेशका चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मी बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप