आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जलवायु परिवर्तनको असर : स्विट्जरल्यान्डका हिमनदीमा हिउँको मात्रामा तीव्र गिरावट

बिहीबार, ०९ भदौ २०७९, ०८ : ५४
बिहीबार, ०९ भदौ २०७९

स्विट्जरल्यान्डका हिमनदीमा सन् १९३० को प्रारम्भदेखि आधा मात्रा हिउँ घटेको एक नयाँ अध्ययनले देखाएको छ । जलवायु परिवर्तनबारे बढ्दो चासोबीच हिउँ संरचनाको गिरावट आएको फक्स न्युजले आफ्नो एक रिपोर्टमा जनाएको छ ।

सन् २००० देखि वैज्ञानिकहरू हिमाली भेग र अन्य क्षेत्रमा तीव्र ढंगले पग्लिएका हिमनदीबारे नजिकबाट अवलोकन गरिरहेका छन् । उनीहरुका अनुसार जलवायु परिवर्तनले यस्तो हिमनदी पग्लिएको हो ।

पछिल्लो अध्ययन गर्ने अन्वेषकहरूले २०औँ शताब्दीमा टोपोग्राफिकल परिवर्तनको विश्लेषणको आधारमा स्विट्जरल्यान्डमा हिउँको क्षतिको पहिलो पटक पुनर्निर्माण गरे । 

सन् १९३० देखि २०१६ सम्म अध्ययन गरेको ८६ वर्षको अवधिमा हिमनदीहरूमा बरफको मात्रा आधाले घटेको उनीहरूले बताए । छ वर्षमा मात्रै हिमनदीहरूले आफ्नो द्रव्यमानको १२ प्रतिशतले घटेको वैज्ञानिकहरूको भनाइ छ । उक्त अध्ययन साइन्टिफिक जर्नल क्राइसोफेयरमा प्रकाशित छ । ‘हिमनदीको गिरावट तीव्र ढंगले भएको छ’, अध्ययनमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप