आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गैरआवासीय नेपाली संघ अमेरिका तदर्थ समिति गठन, अध्यक्षमा सूर्य लम्साल

आइतबार, १२ भदौ २०७९, ०८ : ४४
आइतबार, १२ भदौ २०७९

गैरआवासीय नेपाली संघ (शेष घले समूह) को अमेरिका तदर्थ समिति गठन भएको छ । जसको अध्यक्षमा सूर्य लम्साल चयन भएका छन् । 

क्षेत्रका सल्लाहकारहरु एसी शेर्पा, पासाङ लामा, उपाध्यक्ष बिआर लामा, सचिव कृष्ण केसी, आरसी कृष्ण पोख्रेल, आइसीसी सदस्यहरु डा नविन खनाल, छोङ्गकर्मा शेर्पा, शशि अधिकारी, पवन योञ्जन, रामबाबु पाण्डे र भक्त भण्डारी समेतको उपस्थितिमा तदर्थ समिति गठन गरिएको हो । 

तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा ज्ञान थापा, उपाध्यक्षमा प्रदीप पौडेल, चन्द्र लामा, अनिल पाण्डे, मिन खड्का, नवराज सुवेदी र पदम लामा रहेका छन् ।  यस्तै महासचिवमा सरिता गुरुङ, सचिवमा नसिम अन्सारी, टंक सोडारी, विष्णु केसी, प्रकाश रानाभाट, प्रदीप श्रेष्ठ कोषाध्यक्षमा कृष्ण पोखरेल रहेका छन् । 

यस्तै प्रवक्तामा बिराज भण्डारी तथा युवा संयोजकमा देव राना चयन हुँदा १२ जनालाई सदस्य बनाइएको क्षेत्रीय संयोजक कृष्ण पोख्रेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप