आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झापाको गौरादहमा आगलागी, १५ लाखको क्षति

आइतबार, १२ भदौ २०७९, १० : ३१
आइतबार, १२ भदौ २०७९

झापाको गौरादह नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । गौरादह–१ का मुनिलाल शर्माले गौराहद–२ स्थित गौरादह बजारमा सञ्चालन गरेको गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार आज बिहान अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागीबाट फर्निचरको छेउमा रहेको बास र टिनको छानो भएको टहरा पूर्णरूपमा जलेर नष्ट भएको छ भने उक्त टहराभित्र रहेको मेसिन, काठ र फर्निचर जलेर करिब रु १५ लाख बराबरको क्षति भएको हो ।

आगलागी नेपाल प्रहरी, स्थानीयवासी, गौरादह, दमक नगरपालिका र कमल गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप