आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शून्य कोभिड नीति : चीनको छेङ्दुमा लकडाउन

शुक्रबार, १७ भदौ २०७९, १० : १५
शुक्रबार, १७ भदौ २०७९

‘जिरो कोभिड नीति’ पछ्याइरहेको चीनले छेङ्दु सहरमा लकडाउन गरेको छ । सहरका २.१ करोड जनतालाई घरभित्र बस्न भनिएको छ, भने प्रत्येक परिवारबाट १ जना सदस्य मात्र अति आवश्यक वस्तु खरिद गर्नका लागि घर बाहिर निस्कन पाउनेछन् ।

बिहीबार सहरमा १५७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यसमध्ये ५१ जना लक्षणविहीन रहेका थिए । चीनको कोभिड नीतिका कारण थोरै सङ्क्रमित भेटिँदा पनि पुरै सहरलाई लकडाउन गर्नुपर्छ । छेङ्दुका वासिन्दाहरुलाई बिहीबार साँझ ६ बजेदेखि घरमा नै बस्न भनिएको छ । उनीहरूलाई आगामी दिनमा परीक्षण गरिने बताइए पनि प्रतिबन्ध कहिले हट्ने भन्ने चाहिँ खुलाइएको छैन ।

सिचाउन प्रान्तको राजधानी रहेको छेङ्दुमा बाहिरका मानिसहरूलाई सहरभित्र छिर्न तथा सहरका मानिसलाई बाहिर जान पनि प्रतिबन्ध गरिएको छैन । कोभिड परीक्षणमा नेगेटिभ आएकाहरू मात्र अति आवश्यक वस्तु खरिदका लागि घर बाहिर जान पाउनेछन् ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप