आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बारा ४ (क) बाट प्रत्यक्ष तर्फ ९ र समानुपातिकमा १८ जनाको नाम सिफारिस

शनिबार, १८ भदौ २०७९, १३ : ०३
शनिबार, १८ भदौ २०७९

नेपाली कांग्रेस, प्रदेशसभा क्षेत्रीय कार्यसमिति बाराले निर्वाचन क्षेत्र ४ (क) को लागि प्रत्यक्ष र समानुपातिक तर्फ दावेदार उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले प्रत्यक्ष तर्फ ९ जना र समानुपातिक तर्फ १८ जनााको नाम सिफारिस गरेको हो ।

जसमध्ये प्रत्यक्ष तर्फ नवराज त्रिपाटी, श्यामबाबु गुप्ता,ओमकृष्ण कार्की, छविलाल शर्मा, नारायणी रायमाझी, कपिलदेव यादव, शोभा लामा, टिकाराम पौडेल र राजु पौडेल रहेका छन् । त्यसैगरी समानुपातिक तर्फ महिला, जनजातीबाट रेणु श्रेष्ठ,राम बहादुर अधिकारी, गीताकुमारी शर्मा, अल्पसंख्यक तर्फ ठगई ठाकुर हजाम, अफरोज आलम अन्सारी, वृजनारायण चौधरी, राधादेवि साह, भीमादेवि शर्मा, दुर्गा रिजाल, हेमन्त ओझा, मुन्नी कुमारी पाठक, रोहित प्रसाद यादव, जगेन्द्र हजारा, संगीता देवि कोईरी, महेन्द्र राउत, विनोद मण्डल, मीना ढकाल र राजन खरेल रहेका छन् । 

अधिकतम ३ जना नाम सिफरिस गनुपर्ने कानुनी व्यवस्था भएपनि आकांक्षी उम्मेदवारको संख्या अधिक भएका कारण बैठकले प्रत्यक्ष तर्फ ९ जना र समानुपातिक तर्फ १८ जनाको  नाम सिफारिस गर्नुपरेको ४ (क) का क्षेत्रीय सभापति सुमन कुमार भट्टराईले जनाएका छन् । ‘टिकट पाउने एउटाले हो के गर्ने पार्टीका साथीहरु रिसाउछन् भनेर आकांक्षी सबैको नाम पठाइदिएको हो’ सभापति भट्टराईले भने । प्रदेशसभा सदस्य उम्मेदवारका लागि १० वर्ष पार्टीमा क्रियाशिल सदस्य हुनुपर्ने मापदण्ड छ तर कतिपय दावेदारहरुको न्यूनतम मापदण्ड समेत पुगेको देखिदैन । 

प्रत्यक्ष तर्फ दावेदार ९ जना उम्मेदवारहरु मध्ये ओमकृष्ण कार्की २०७४ को निर्वाचनमा तत्कालिन नेकपा एमालेका उम्मेदवार सुन्दर बिश्वकर्मासँग पराजित भएका थिए भने शोभा लामा समानुपातिक तर्फको बहालवाला प्रदेशसभा सदस्य हुन् । केन्द्रीय महासमिति सदस्य श्यामबाबु गुप्ता भने सबैले मौका पाईसकेकोले प्रदेशसभा  सदस्यको टिकट आफूले पाउनुपर्ने दाबी गर्छन् । ‘आंकाक्षी उम्मेदवारहरु मध्ये वरीयता क्रममा पनि पार्टीभित्र म माथि छु, र पार्टीभित्र सबैले मौका पाईसकेकोले मुख्य दावेदार मै हुँ’ गुप्ताले भने । 

यता, बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उपप्रमुखको टिकटका लागि अन्तिम समयसम्म दौडधुप गरेकी नारायणी रायमाझी महिला भएको कारण प्रदेशसभा सदस्यको टिकट आफूले पाउनुपर्ने दाबी गछिन् । ‘ओमकृष्ण कार्की, श्यामबाबु गुप्ता, शोभा लामा र म  नै हो टिकटको मुख्य दावेदार’ रायमाझीले भनिन् । 

प्रदेशसभा क्षेत्रीय कार्यसमिति ४ (ख) ले आज सिफरिस गरेको दावेदार उम्मेदवारहरको नामवालीहरु क्षेत्रीय कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रमा पठाईन्छ, केन्द्रीय कमिटीले  प्रत्यक्ष र समानुपातिक तर्फ १-१ जनाको नाममा अन्तिम निर्णय गरेर जिल्ला पठाउछ । सभापति भट्टराई भदौ अन्तिमसम्म सबै क्षेत्रको उम्मेदवारहरुको नामावली टुंगो लाग्ने बताउछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप