आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुँघेर दिइने कोभिडविरुद्धको खोपलाई चीनमा मान्यता

मङ्गलबार, २१ भदौ २०७९, १२ : ३६
मङ्गलबार, २१ भदौ २०७९

नाकले सुँघेर दिइने कोभिडविरुद्धको खोपलाई मान्यता दिने चीन पहिलो राष्ट्र बनेको छ । क्यानसाइनो नामक गरेको कम्पनीले उत्पादन गरेको उक्त खोपमा सुईको माध्यमबाट दिइने खोपको जस्तै तत्त्वहरू रहेका छन् । त्यसमा हाम्रो शरीरलाई कोभिडसँग लड्न सिकाउने जेनेटिक कोडको संवाहकको रूपमा एडेनोभाइरसलाई प्रयोग गरिएको उल्लेख छ ।

‘कोनभिडेसिया एयर’ लाई बाफ जसरी सुँघेपछि पहिलोपटकमा नै त्यसले कोभिडबाट राम्रो सुरक्षा प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । चीन मात्र नभएर बेलायत र अमेरिकाका शोधकर्ताहरूले पनि नेसल स्प्रे भ्याक्सिनको बारेमा अध्ययन गरिरहेका छन् । वैज्ञानिकहरूले यस्ता स्प्रेले शरीरमा कोभिड प्रवेश गर्ने मार्ग नाक र माथिल्लो श्वास नलीमा थप प्रतिरोधात्मक क्षमता विकास गर्न सक्ने बताएका छन् ।

द नेसनल मेडिकल प्रोडक्टस एडमिनिस्ट्रेसन अफ चाइनाले क्यानसाइनोको खोपलाई बुस्टर खोपको रूपमा प्रयोग गर्ने अनुमति दिएको छ । पहिले नै सुईबाट खोप लगाएकाहरूलाई यसले थप सुरक्षा प्रदान गर्ने ट्रायलबाट देखिएको उल्लेख गरिएको छ । 
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप