आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु

बुधबार, २२ भदौ २०७९, १० : १७
बुधबार, २२ भदौ २०७९

मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु ज्यान गएको छ । छायानाथ रारा नगरपालिका वडा नं १३ बामका वर्ष २६ गोरा बहादुर बढुवालको मृत्यु भएको हो ।

नगरपालिकाको १४ नं वडामा रहेको पिलेको धारा भन्ने स्थानमा भिरबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए । 

उनका अनुसार विगत केही दिनदेखि मृतक बढुवाल भेडा चराउन जंगलमै बसोबास गर्दै आइरहेका थिए ।  उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप