आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विषादी सेवन गर्दा पाल्पामा एक पुरुषको मृत्यु

मङ्गलबार, २८ भदौ २०७९, ०७ : १८
मङ्गलबार, २८ भदौ २०७९

पाल्पाको रिब्दीकोटमा विषादी सेवनबाट एक पुरुषको ज्यान गएको छ । रिब्दीकोट गाउँपालिका वडा नं. ५ देविडांडा निवासी ५५ वर्षका सन्ते भनिने मेखबहादुर खड्काले उपियाँ मार्न प्रयोग गरिने विषादी सेवन गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार सोमबार बेलुका ६ बजे विषादी सेवन गरेका खड्कालाई प्रहरीले उद्दार गरी पाल्पा अस्पतालमा लगेको तर राति ८ बजे उनको मृत्यु भएको अस्पतालले घोषणा गरेको हो । 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप