गजलः व्यापारीले जति भाउ भने पनि...
शनिबार, ०१ असोज २०७९, ०५ : ५०
व्यापारीले जति भाउ भने पनि तिर्नैपर्छ
डाक्टरले भित्र घाउ भने शरीर चिर्नैपर्छ
देशमा सरकार छ तर काम नभए पछि
पेट पाल्न जुनै देश पाए पनि छिर्नैपर्छ
मै खाउँ मै लाउँ भन्ने फेरि यिनै नेता आए
नभन्नु त्यो पार्टीको उही झोला भिर्नैपर्छ
अब त सुशासन ल्याउनेलाई नै भोट दिऔँ
हराऔँ खराब नेता तिन्को इज्जत गिर्नैपर्छ
भ्रष्टाचार निर्मूल भइ देशको विकास भए
माया हुन्छ देशको आफ्नै भूमि फिर्नैपर्छ
हालः लस एन्जेलस