आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज बढ्यो सुन-चाँदीको मूल्य, कति पुग्यो तोलाको ?

आइतबार, ०२ असोज २०७९, ११ : ११
आइतबार, ०२ असोज २०७९

असोज महिनाको पहिलो कारोबार दिनमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९१ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार रुपैयाँ थियो ।

भदौ महिनाभरमा सुनको मूल्य प्रतितोला ४ हजार ७०० रुपैयाँले घटेको छ । भदौको पहिलो कारोबार दिन तोलामा ९६ हजार २०० रुपैयाँ रहेको सुनको मूल्य अन्तिम कारोबार दिनसम्म आइपुग्दा ९१ हजार ५०० रुपैयाँमा आइपुगेको थियो । जबकी, असोज महिनाको पहिलो कारोबार दिनमा नै तोलामा ३०० रुपैयाँले बढेको छ । 

यसैगरी, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघले आजको कारोबार भाउ तोक्दै गत साताको शुक्रबारको तुलनामा १५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ पुगेको जानकारी दिएको छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा ११ सय ७० रुपैयाँ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप