आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ईभीमा उपयुक्त विकल्प ‘नेटा भी’ (रिभ्यू)

मङ्गलबार, ०४ असोज २०७९, १५ : ०६
मङ्गलबार, ०४ असोज २०७९

नेपाली ईभी बजारमा अर्को एक दर्बिलो विकल्प थपिएको छ, ‘नेटा भी’ । चिनियाँ ब्राण्डको ‘होजन अटो न्यू इनर्जी भेहिकल कम्पनी’को नवीन उत्पादन ‘नेटा भी’लाई चौधरी ग्रुपको सिजी मोटर्सले हालै मात्र नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले गत जेठमा मात्र नेटा भीलाई नेपाली बजारमा अनावरण गरेको थियो । तर, सार्वजनिकको छोटो समयमा नै नेटा भीले  चर्चा बटुल्न सफल भएको छ ।  

३८.५४ किलोवाट पावर क्षमताको ब्याट्रीमा उपलब्ध नेटा ईभीलाई कम्पनीले ३७ लाख ९९ हजार रुपैयाँमा नै उपलब्ध गराएको छ । बेस्ट ईन क्लास सोही सेग्मेन्टका अन्य ब्राण्डको तुलनामा कम्पनीले यत्तिको मूल्यमा नेटा भी उपलब्ध गराउनु निकै ठुलो उपलब्धि रहेको कम्पनीको दाबी छ । जसले नेटा भी प्रति आम ईभी उपभोक्ताहरूको आकर्षण समेत ह्वातै बढको सिजी मोटर्सको भनाइ छ । 

विशेषता

नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा उत्पादित ईभी हो । जसमा कम्पनीले ३८.५४ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ । जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्दछ । 

करिब ३० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फूल चार्जमा ४०१ किलोमिटरसम्मको माइले दिने कम्पनीको दाबी छ । गाडीको टप स्पीड १०१ किलोमिटर प्रतिघण्टा रहेको छ । 

विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भी को ब्याट्रीसहित मोटरमा कम्पनीले १५ हजार किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ । प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधा समेत पाउने छन् । 

अन्य सुविधाहरू 

क्रसओभर डिजाइनमा उत्पादिन नेटा भीमा कम्पनीले आकर्षक लुक्स डिजाइनसँगै विविध युटिलिटी फिचर्स उपलब्ध गराएको छ । प्रिमियम लुक्स, आरामदायी लेदरेट सिट, आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेरिङ ह्वील, यूनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेशन डिस्प्ले, निकै ठुलो इन्फोटेन्टमेन्ट सिस्टम, यूनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेक नेटा भीको नविनतम पक्षहरु हुन् । 

साथै कम्पनीले नेटा भीमा भी सेग्मेन्टको ग्लोबल मोडलको किं लेस इन्ट्री सुविधाको साथमा एन९५ एयर फिल्टर सुविधा, सेन्टर लक सिस्टम, क्रुज कन्ट्रोल, रियर–भ्यू क्यामेरा, सेन्सर एलसीडी टच स्कीन, पावर वीनडो, इलेक्ट्रिक ओआरभीएमएस र युएसबी पोर्टसहित विविध सुविधाहरू प्रदान गरेको छ ।

गाडीको सुरक्षा फिचर्सलाई समेत विशेष बनाउदै कम्पनीले नेटा भीमा फ्रन्ट एयरब्यागका साथमा एबीएस, ईबीडी, हिल–स्टार एसिस्ट सुविधाको साथमा इलेक्ट्रिक पार्किङ सुविधा समेत प्रदान गरेको छ । 

डल्फिन सेपमा डिजाइन गरिएको नेटा भी नेपाली बजारमा सिल्भर क्लाउड ह्वाइट, क्लियर स्काई ग्रे, प्रोसिलियन केन, स्काई ब्लू र चेरी ब्लोसम पिंक गरी ५ कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

आकर्षक लुक्स, उत्कृष्ट पर्फमेन्स र विविध उपयोगि फिचर्सहरुले भरिपूर्ण नेटा भी लाई कम्पनीले नेपालकै पहिलो ईभी अटो एक्सपोमा विशेष प्रोडक्टको रुपमा उतार्ने तयारी गरेको छ । नेपाल भित्रिएको छोटो समयमा नै निकै राम्रो डिमान्ड लिन सफल नेटा भीको थप व्यावसायिक उचाइ बढ्ने कम्पनीको अपेक्षा छ । 

उसो त कम्पनीले ईभी एक्सपो २०२२ मा नेटा भीको साथमा प्रसिद्ध ईभी भ्यान ‘चांगन’ र दुई पाङ्ग्रेमा ‘ओला’ लाई समेत प्रदर्शन गर्ने तयारी गरेको छ । नाडा ईभी एक्सपो २०२२ यहीँ आउँदो असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप