नेपाल र जापानबीच सिँचाइ र शहरी प्रशारण प्रणाली सुधार सम्बन्धि सम्झौता
बुधबार, ०५ असोज २०७९, ११ : ५१
नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणाली पुर्नस्थापना र शहरी प्रसारण तथा वितरण प्रणाली सुधार सम्बन्धि छुट्टाछुट्टै सम्झौता भएको छ ।
आज अर्थ मन्त्रालयमा भएको सम्झौता अनुसार सिँचाइ प्रणाली पुर्नस्थापना सुधारका लागि करिब २ अर्ब रुपैयाँ र शहरी वितरण तथा प्रसारणका लागि करिब १४.२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण नेपालले उपयोग गर्ने उल्लेख छ ।
सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव कृष्णहरि पुस्कर र जापान सरकारको तर्फबाट जापानका राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।