गजल : चुनाव आउँछ, नेता आउँछन्, विकास आउँदैन
शनिबार, १५ असोज २०७९, ०७ : ३४
तिमीलाई नसम्झि बस्नुमा मिठास आउँदैन ।
माहोल शुन्य लाग्छ मनमा उल्लास आउँदैन ।
सबै सबैले एकतर्फी प्रेम गर्न सक्दैनन् ।
सबै सबैलाई आत्महत्याको प्रयास आउँदैन ।
कुन ढुङ्गाबाट मूर्ति बन्दैन यो संसारमा ?
भन्नुहोस् कुन फूलबाट सुवास आउँदैन ?
आवधिक चुनाव आउँछ, नेता आउँछन् ।
यो टोलमा कहिल्यै पनि विकास आउँदैन ।
म मूर्खलाई सुधार्ने कोशिस गर निरमाया ।
तिम्रो जिन्दगीमा अर्को कालीदास आउँदैन ।
महेश के भट्टराई, महाबु गाउँपालिका– १, दैलेख