तस्बिरमा हेर्नुहोस् एमाले अध्यक्ष ओलीको दसैँ
बुधबार, १९ असोज २०७९, १३ : १८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेका छन् । बुबा मोहन प्रसाद ओली र ठुलीआमा हरिमाया ओलीको हातबाट अध्यक्ष ओलीले दसैँको टीका ग्रहण गरेका हुन् ।
त्यसपछि अध्यक्ष ओलीले पत्नी राधिका शाक्यलाई टीका लगाइदिएका थिए । ओली हाल झापामा रहेका छन् ।