सिरहामा बम विष्फोट, बाबु–छोरासहित तीन घाइते
शुक्रबार, ०७ पुस २०७४, १४ : ३८
सिरहा । सिरहाको सदरमुकाममा रहेको मालपोत कार्यालयमा शुक्रबार दिँउसो बम विष्फोट भएको छ ।
विष्फोटमा परेर तीन जना घाइते भएका छन् । उनीहरुको सदरमुकाम लहनस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेमा ५० वर्षीय राजकुमार पासवान, उनका छोरा ३० वर्षीय रोशन पासवान र अन्दाजी ४० वर्षीय पवन पासवान रहेका छन् ।
हालसम्म कसैले पनि विष्फोटको जिम्मेवारी लिएको छैन ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी शेखर कोइरालाका अनुसार कसले विष्फोट गराएको भन्ने हालसम्म खुल्न सकेको छैन । ‘अनुसन्धान गर्दैछौँ,’ उनले भने ।