आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चना र दुध सँगसँगै खाँदा स्वास्थ्यलाई मिल्छ यी ५ फाइदा

आइतबार, २३ असोज २०७९, ०९ : १६
आइतबार, २३ असोज २०७९

चना हामी सबैको मनपर्ने खाजा हो । त्यसैगरी, दुध आफैँमा पूर्ण आहार हो, जसलाई बालबालिकादेखि वृद्धसम्म सबैले उपभोग गर्छन् । यी दुबै फिटनेस प्रेमीहरूको मनपर्ने विकल्प हो । शरीरलाई बलियो बनाउन होस्, तौल घटाउने होस् वा बढाउनको लागि होस्, यी दुबै कुरामा निकै फाइदाजनक हुन्छ । तर मानिसहरु प्रायः चना  बिहानको खाजामा रुचाउँछन् भने रातीको दुध पिउन मन पराउँछन् । तर तपाईंले यी दुईलाई सँगै खान सक्नुहुन्छ र यो मिश्रण स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन सक्छ ।

भारतकी क्लिनिकल न्युट्रिशनिस्ट र डाइटिशियन गरिमा गोयलका अनुसार चना र दुध दुबैमा प्रोटिन र क्याल्सियम जस्ता आवश्यक पोषक तत्वका उत्कृष्ट स्रोत हुन् । जसले तपाईंको शरीरलाई भित्रबाट बलियो बनाउँछ । यस्तै, यो संयोजनमा भिटामिन बी, सी, डी, कार्बोहाइड्रेट, फाइबर, आइरन, म्याग्नेसियम र पोटासियममा पनि प्रशस्त छ । यहाँ हामी तपाईंलाई चना र दुध सँगै खानुका विभिन्न फाइदाबारे जानकारी दिँदै छौँ ।

१. हड्डी बलियो बनाउँछ, मांसपेशी निर्माण गर्छ

क्याल्सियम र प्रोटिन यसमा प्रशस्त मात्रामा पाइने भएकाले यसले तपाईंको हड्डी, मांसपेशी र दाँतलाई बलियो बनाउन निकै मद्दत गर्छ । यो संयोजनले हड्डी भाँचिने जोखिम कम गर्छ भने जोर्नी दुखाइ कम गर्न पनि लाभदायी भूमिका निर्वाह गर्छ ।

२. रक्तचाप नियन्त्रणमा राख्छ

क्याल्सियम, म्याग्नेसियम र पोटासियमजस्ता अत्यावश्यक पोषक तत्वहरूले रक्तचापको स्तरलाई सामान्य राख्न महत्त्वपूर्ण भूमिका खेल्छन् । त्यसैले उच्च वा कम रक्तचापका बिरामीका लागि यो निकै फाइदाजनक हुन्छ ।

३. मुटु स्वस्थ राख्छ

यो मिश्रण नसाहरुमा जम्मा भएको खराब कोलेस्ट्रोललाई कम गर्न र राम्रो कोलेस्ट्रोल बढाउन धेरै लाभदायी  हुन्छ । जसले गर्दा यसले रक्तचाप नियन्त्रण गरी मुटुलाई स्वस्थ राख्छ र हृदयघात, स्ट्रोकजस्ता जोखिमलाई कम गर्छ ।

४. तौल व्यवस्थापनमा सहयोगी

यो संयोजन तौल बढाउने र घटाउने दुवै व्यक्तिहरूको लागि धेरै लाभदायक छ । यसका लागि, तपाईंले आफ्नो आवश्यकता अनुसार फिटनेस विशेषज्ञबाट यसको सही मात्रा थाहा पाउन आवश्यक छ । यसले भोक नियन्त्रण गर्न, लामो समयसम्म पेट भरिराख्न र अस्वस्थकर खानाको क्रेभिङलाई रोक्न मद्दत गर्छ ।

५. छाला र कपाल स्वस्थ राख्छ

प्रोटिन र आइरनले भरिपूर्ण दुध र चनाले कपाललाई बलियो बनाउँछ र छालाका धेरै समस्याहरू हटाउन पनि सहयोग गर्छ । सफा चम्किलो छालाको साथसाथै यसले तपाईंलाई बलियो, बाक्लो र चम्किलो कपाल प्राप्त गर्न मद्दत गर्छ ।

दुध र चना खानुका अन्य फाइदा

– तपाईंलाई ऊर्जा दिन्छ र थकान हटाउँछ ।

– ब्लड सुगरलाई रेगुलेट गर्न मद्दत गर्छ ।

– यसले शरीरमा रगतको कमीलाई हटाउन र रोक्न मद्दत गर्छ ।

– दिमागलाई स्वस्थ राख्छ र स्मरणशक्ति बढाउन मद्दत गर्छ । यसले चिन्ता, तनावजस्ता मानसिक अवस्थाहरू व्यवस्थापन गर्न पनि मद्दत गर्छ ।

– रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । जसले मौसमी एलर्जी र भाइरल संक्रमणबाट जोगाउन पनि मद्दत गर्छ ।

– यसले क्यान्सर कोशिकाहरूको वृद्धिलाई रोक्न पनि मद्दत गर्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप