आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस नेता लालबाबु सिंह लोसपा प्रवेश, बारा–३ मा उम्मेदवारी दिने

आइतबार, २३ असोज २०७९, १२ : ५७
आइतबार, २३ असोज २०७९

सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिन नेपाली कांग्रेस नेता लालबाबु सिंह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रवेश गरेका छन् । लोसपा प्रवेश गरे लगत्तै सिंहले बारा–३ मा सत्तारुढ गठबन्धनको तर्फबाट टिकट पाएका छन् ।

यसअघि सो निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टीका नेता प्रमोद गुप्ता लोसपा प्रवेश गरेर उनको टिकट निश्चित प्रायः भएको थियो । तर गुप्ताको विवादित छवि भएको भन्दै आलोचना भएपछि कांग्रेस नेता सिंह आईतवार लोसपा प्रवेश गरेर टिकट लिएका हुन् । सिंह २०७४ को निर्वाचनमा बारा क्षेत्र नं ४ बाट तत्कालिन राजपा उम्मेदवार एकवाल मियासँग पराजित भएका थिए । बारा जिल्ला सभापति समेत भएर लामो समय कांग्रेसमा राजनीति गरेका सिंह आसन्न निर्वाचनमा टिकटकै लागि लोसपा प्रवेश गरेका हुन् । 

सिंहको उम्मेदवारी निश्चित भएसँगै बारा –३ मा जसपाबाट रामबाबु कुमार यादव, एमालेको तर्फबाट ज्वाला साह र सत्तारुढ गठबन्धनको तर्फबाट सिंहबीच प्रतिष्पर्धा हुने भएको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप