आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गायक सञ्जय श्रेष्ठले दिए काठमाडौँ –६ बाट स्वतन्त्र उम्मेदवारी

आइतबार, २३ असोज २०७९, १५ : ५३
आइतबार, २३ असोज २०७९

गायक सञ्जय श्रेष्ठले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले काठमाडौँ –६ बाट स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

लामो समयदेखि राप्रपामा रहेर विभिन्न गतिविधि गर्दै आएका श्रेष्ठले राप्रपाबाट टिकट नपाएपछि शनिबार मात्र राप्रपा छोडेको घोषणा गरेका थिए । अहिले भने उनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । श्रेष्ठले गत स्थानीय चुनाव सकिने बित्तिकै राप्रपाबाट काठमाडौँ –६ मा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

अन्तिम समयमा आएर उनलाई राप्रपाले टिकटमा धोका दिएको भनेर आक्रोशित हुँदै श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । गायक श्रेष्ठले नेपाली साङ्गीतिक आकाशमा थुप्रै चर्चित गीत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप