आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेकी विद्रोही उम्मेदवार गंगा चौधरीको चुनाव चिह्न ‘लौरो’

बुधबार, २६ असोज २०७९, १६ : ४३
बुधबार, २६ असोज २०७९

नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरी दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी गंगा चौधरीले चुनाव चिन्ह लौरो पाएकी छन् । एमालेकी शान्ता चौधरी, र एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीको प्रतिस्पर्धी बनेकी चौधरीले हाम्रो नेपाली पार्टीबाट लौरो चिन्ह पाएकी हुन् ।

एमाले केन्द्रीय सदस्य समेत रहेकी चौधरीले पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएपछि पार्टीले उनको पद खारेज गरेको छ । चौधरीले स्वतन्त्र उम्मेदवारी दिएको बताएपनि उनले हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लिएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप