आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अपडेटः बारामा आमा र दुई बालबालिकाको हत्या आशंका

बुधबार, २६ असोज २०७९, १६ : ५७
बुधबार, २६ असोज २०७९

बाराको प्रसौनी गाउँपालिकामा आमा र उनका दुईजना छोरा–छोरी मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।  प्रसौनी गाउँपालिका–५ प्रस्टोका घर भएका २५ वर्षीया सुजाता चौधरी र उनका दुई नाबालक छोराछोरी मृत भेटिएको बाराका एसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए ।

मृत्यु हुनेमा सुजाताका १६ महिनाका छोरा राजविर चौधरी र ४ वर्षीया छोरी ताहिरा चौधरी छन् । प्रसौनी–७ स्थित डोरा खोला किनारमा भेटिएका मृतक तीनै जनाको घाँटीमा हतियारको चोट देखिएको छ । ताहिरा र राजवीरको शव भन्दा करिब ३ सय मिटर पर आमाको शव भेटिएको छ ।

यता मृतक सुजाताका पति दिपेन्द्र चौधरी एल एस न्यूरो अस्पतालमा भर्ना भएर उपचाररत छन् । प्रारम्भिक अनुसन्धानबाट हत्या भएको आशंका गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । ‘घटना कसरी भएको भनेर हेर्दैछौं’ एसपी बोगटीले भने ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप