आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गोविन्दराज जोशीले पाए चुनाव चिह्न ‘कैंची’

बुधबार, २६ असोज २०७९, १७ : २१
बुधबार, २६ असोज २०७९

तनहुँ –१ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले ‘कैंची’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले बुधबार जोशीलाई चुनाव चिन्ह कैंची दिएको हो ।

स्थानीय निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको मेयरमा उम्मेदवार बनेका जोशीका छोरा दीपकले पनि चुनाव चिन्ह कैंची पाएका थिए । जोशीले रातोपाटीसँग भने– ‘स्थानीय निर्वाचनमा पनि हामीले कैंची चुनाव चिन्ह पाएका थियौं । अहिले मैले पनि कैंची नै पाएको छ । यसले प्रचारका लागि सजिलो हुन्छ ।’

तनहुँ १ मा सत्ता गठबन्धनबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट एकबहादुर राना उम्मेदवार छन् । ०७४ को निर्वाचनमा पौडेललाई असहयोग गरेको आरोपमा जोशी कांग्रेसबाट निष्कासित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप