आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विवाह गर्दै रकुल प्रीत र ज्याकी

बिहीबार, २७ असोज २०७९, १४ : ३४
बिहीबार, २७ असोज २०७९

बलिउडमा अहिले विवाहको सिलसिला चलिरहेको छ । अभिनेत्री ऋचा चड्ढा र अली फजलले हालै विवाह गरे, भने सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको समेत विवाहको चर्चा छ ।

अहिले भने अभिनेत्री रकुल प्रीत सिंह र ज्याकी भगनानीको विवाहको खबर बाहिर आएको छ । दुवै सन् २०२३ सम्म विवाह गर्न सक्ने रकुलका भाइ अमनले सार्वजनिक गरेका हुन् ।

रकुल र ज्याकी पछिल्लो समय एकअर्काेसँग देखिँदै आएका छन् । उनीहरूको विवाहको खबर सामाजिक सञ्जालमा सुनिन थालेको थियो । यी दुईले आफ्नो सम्बन्धलाई नयाँ नाम कहिले दिने भन्ने फ्यानहरूमा उत्सुकता थियो । विवाहको चर्चाले बजार तातेपछि अभिनेत्रीका भाइले मुख खोलका हुन् ।

रकुलका भाइ अमनका अनुसार रकुलले ज्याकीसँग केही प्रोजेक्टमा काम गरेकी छन् । दुवै एकअर्कालाई मनपराउँछन् । विवाह गर्न चाहन्छन् । बिहेको मिति भने  तय हुन बाँकी छ । ज्याकीसँग अहिले ठुला प्रोजेक्ट व्यस्त छन् । रकुल पनि अभिनयमा व्यस्त नै छिन् । त्यसैले दुवैले राम्ररी सोचेर विवाहको निर्णय लिने बताइएको छ ।-अमर उज्याला

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप