आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गुनासो बढेपछि विभागले थाल्यो अभिमूखिकरण तालिम दिने संस्थाको अनुगमन

बिहीबार, २७ असोज २०७९, १७ : ५८
बिहीबार, २७ असोज २०७९

वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम दिने संस्थाहरूको अनुगमन थालेको छ । वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई अभिमुखीकरण तालिम दिने संस्थाहरूमा अनुगमन थालेको हो ।  अभिमुखीकरण तालिम दिने संस्थाहरूको बारेमा विभिन्न किसिमका गुनासाहरू आउने गरेको भन्दै विभागले अनुगमन कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाएको जनाएको छ । 

विभागको टोलीले आज काठमाडौंका विभिन्न स्थानमा रहेका ६ वटा अभिमुखीकरण तालिम दिने संस्थाहरूको अनुगमन गरेको थियो । यसलाई भोलिका दिनहरूमा अझ कडाईका साथ अनुगमन गरिने विभागका निर्देशक कुष्णप्रसाद भुसालले जानकारी दिए । 

अनुगमन कार्यलाई काठमाडौं उपत्यका बाहिरका संस्थाहरूमा पनि निरन्तरता दिइने विभागले जनाएको छ ।  वैदेशिक रोजगार नियमावली २०६४ ले वैदेशिक रोजगारीमा जाने कामदारहरूले अनिवार्य रूपमा अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था गरेको छ । सोही आधारमा तालिम प्रदायक संस्थाहरू दर्ता भई कार्य सञ्चालन गर्दै आएका छन् । तर, कतिपय संस्थाले तालीमै नदिने गरेको गुनासो आउन थालेपछि विभागले यसअघि सचेत गराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप