आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तिहारका लागि धमाधम बन्दै छन् माटाका पाला, तस्बिरहरू हेर्नुहोस्

शुक्रबार, २८ असोज २०७९, १० : २७
शुक्रबार, २८ असोज २०७९

कात्तिकको पहिलो हप्तादेखि सुरु हुने तिहारको तयारीमा भक्तपुरका प्रजापति समुदाय लागिसकेका छन् । तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले यहाँका प्रजापति समुदाय खटिइरहेका छन् । 

भक्तपुरकै अन्य स्थान बोलाछेँ, ठिमी, ब्यासीमा पनि माटोको भाँडा बनाइने भए पनि सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा पर्ने पोटरी स्क्वायरमा मानिसहरू पुग्ने गरेका छन् । तिहारका लागि अधिक माग हुने दियो र पाला बनाउनलाई अहिले यहाँका कुमालेहरू निकै व्यस्त छन् । उनीहरूका अनुसार एक जनाले तिहारको समयमा पाला बनाएर ५० देखि ६० हजार रुपैयाँसम्म कमाउन सक्छन् । त्यसैले उनीहरूको ध्यान दियो र पाला बनाउन मै केन्द्रित हुने गरेको छ ।

तिहारको समयमा माटाका पालाको व्यापार धेरै हुने गरेको छ । त्यसबाहेक पनि अम्बरा, धुपौरो, गमला, सुराई, कालिञ्चा, खुत्रुके लगायतका सामानको माग पनि बढी नै हुनेगर्छ । माटाको भाँडाको माग घटेको भन्दापनि माटो नपाउने समस्या ठूलो भएको कुमालेहरू बताउँछन् । भुक्तपुरका अधिकांश क्षेत्रमा घना वस्ती बसेसँगै माटो नपाउने समस्या आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप