आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कविता : म आगो हुँ

शनिबार, २९ असोज २०७९, ०७ : १५
शनिबार, २९ असोज २०७९

म आगो हुँ, मलाई सानो नसम्झ 
नहेप मलाई कसैले तुच्छ सम्झेर 
खरानी बन्छ, सबै थोक मेरो एक झिल्काले
सक्छु म खाक बनाउन, मानवको देहलाई चितामा   
प्रयोग गर सबैले, राम्रोसँग मेरो 
सही सदुपयोग गर, सबैले मेरो
चिन सबैले उपयोगिता र महत्त्व मेरो  
ध्वस्त हुन्छ सबै, दुरुपयोग गरे मेरो  
नजिस्क मसँग अनि खेलाँची नगर मलाई 
टाढा राख मबाट, साना बालबालिकालाई 

प्रवेश गरे मानिस, ढुङ्गे युगबाट आधुनिक युगमा
मेरै कारण पकाएर खान पाए मानिसले
नभए खानु पर्थ्यो काँच्चै खानेकुरा
सम्झ सबैले मेरो गुण र मेरो महत्त्व 
अन्धकार भगाई उज्यालो बनाउँछु, 
अनि चिसोबाट सबैलाई बचाउँछु  
मलाई साक्षी राखी, 
मेरो सामु बसी विबाहित नव जोडीहरु  
खान्छन् कसम, 
जिन्दगी भर साथ निभाउँछु भनी
पुज्छन् सबैले अग्निदेव भनी मलाई
चाहिन्छ म नै मानिसलाई, 
जन्मेदेखि मृत्यु पर्यन्तसम्म 
हुँदैन म नभई 
अनि, 
चल्दैन म नभई केही यस संसारमा ।
केही यस संसारमा ।।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप