कुमारी बैंकको १२.५० प्रतिशत नगद लाभांश स्वीकृत, कात्तिक १४ गते बुक क्लोज गरिने
आइतबार, ३० असोज २०७९, १८ : ११
कुमारी बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट १२.५० प्रतिशत लाभांश दिने भएको छ । हालै बसेको बैंक सञ्चालक समितिको बैठकले कुल चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
सोही लाभांश वितरणका लागि बैंकले असोज ३० गते बैठक बस्दै आगामी कात्तिक १४ गते बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । योसँगै कात्तिक १३ गतेसम्म कायम सेयरधनीहरू मात्रै बैंकको लाभांश लिन योग्य हुने छन् ।
बैंकद्वारा प्रस्तावित १२.५० प्रतिशत नगद लाभांश (करसहित) नेपाल राष्ट्र बैंकबाट स्वीकृत समेत भइसकेको छ । उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण गरिनेछ ।