आर्सनल शीर्ष स्थानमा कायमै
आइतबार, ३० असोज २०७९, २२ : ०१
नाटकीय खेलमा लिड्स युनाइटेडलाई हराउँदै आर्सनल इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा कायम रहेको छ । आइतबार राति भएको खेलमा बुकायो साकाले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो । यो सिजन उनले चार गोल गर्नुका साथै पाँच वटा गोलको अवसर सिर्जना गरेका छन् ।
खेलको सुरुवातमा बत्तीमा समस्या आएपछि खेल ४० मिनेट ढिला भएको थियो । खेलको अन्त्यतिर रेफ्री क्रिस काभानागले आर्सनलका ग्याब्रियललाई रातोकार्ड देखाउँदै लिड्सलाई पेनाल्टी दिएका थिए । तर, भिडियो एसिस्ट रेफ्रीको सहायतापछि उनले उक्त निर्णय उल्टाएका थिए । १० खेलपछि आर्सनलको २७ अंक रहेको छ । लिड्स भने ९ अंकसहित लिगको १५ औँ स्थानमा सीमित छ ।