आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मिडियासँग रिसाइन् जया बच्चन, भनिन्, ‘तिमी कतै अल्झिएर लडेको हेर्न चाहन्छु’

सोमबार, ३१ असोज २०७९, १० : ३४
सोमबार, ३१ असोज २०७९

भारतीय सिनेमा जगतकी अभिनेत्री तथा सांसद जया बच्चनको एक भिडियो सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ, जसमा उनी मिडियाकर्मीलाई गाली गर्दै हिँडिरहेको देख्न सकिन्छ ।

मिडिया रिपोर्टका अनुसार यो भिडियो एउटा एक फेसन शो आयोजना स्थलको हो । यहाँ जया बच्चन आफ्नी नातिनी नव्या नवेलीसँग पुगिन् । त्यही बेला पापाराजीले उनको तस्विर खिच्न थाले र एक फोटोग्राफरको खुट्टा लड्बडियो । यसपछि जया बच्चनले फोटोग्राफरलाई भनिन्, ‘तिमी कतै अल्झिएर लडेको हेर्न चाहन्छु ।’

जया बच्चन यति रिसाएकी थिइन् कि उनले बाँकी फोटोग्राफरहरूलाई पनि सोधिन्, ‘तिमीहरू को हौ ? कुन मिडियाबाट हौ ?’

यो भिडियोलाई लिएर इन्टरनेट प्रयोगकर्ताहरूले जया बच्चनको आलोचना पनि गरिरहेका छन् ।

एक प्रयोगकर्ताले लेखे, ‘तिमीहरू जनता र मिडियाका कारण सेलिब्रेटी हौ । तिमीहरुलाई जनतासँग जोड्न मिडियाको ठूलो भूमिका हुन्छ । तिमीले जसरी एक फोटोग्राफर लडोस् भनेर कामना गरेकी छौ, त्यो अशिष्ट हो । यदि तिमीलाई क्यामरासँग घृणा लाग्छ भने यस्ता कार्यक्रममा किन जाने ?’

पत्रकार रोहन दुआले ट्वीट गरे, ‘नातिनी नव्याको उपस्थिति वा चार पटक राज्यसभा सांसदको रूपमा उनको हैसियतले पनि उनलाई अपमानजनक भाषा प्रयोग गर्नबाट रोक्न सकेन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप