आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बारा–४ मा सत्ता गठबन्धनद्वारा चुनाव परिचालन समिति गठन

मङ्गलबार, ०१ कात्तिक २०७९, ०६ : ३२
मङ्गलबार, ०१ कात्तिक २०७९

आसन्न निर्वाचनमा बारा क्षेत्र नं ४ मा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि कांग्रेसका क्षेत्रीय सभापतिको नेतृत्वमा चुनाव परिचालन समिति गठन भएको छ ।

सोमवार बसेको ५ दलीय वाम लोकतान्त्रिक गठबन्धनको बैठकले बारा–४ का कांग्रेस क्षेत्रीय सभापति सुनिल गुप्ताको अध्यक्षतामा माओवादी केन्द्रका प्रेम बराल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सीताराम गुप्ता रहनेगरी समितिमा गठन गरिएको हो ।

आसन्न निर्वाचनका लागि बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार किसान श्रेष्ठ र प्रदेशसभा सदस्य तर्फ ४ (क) मा क्षेत्रबहादुर श्रेष्ठ (अनिल) र ४ (ख) मा जितेन्द्र सोनल रहेका छन । कार्यक्रममा सत्ता गठबन्धनमा आवद्ध दलहरुले आफ्नो उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाएका छन् ।

श्रेष्ठ पूर्व श्रम तथा रोजगार मन्त्री,नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, हुन् भने प्रदेशसभा सदस्यका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ (अनिल) माओवादी केन्द्रका बारा जिल्ला अध्यक्ष र सोनल पूर्व भौतिक पूर्वाधार तथा विकास मन्त्री, लोसपा मधेस प्रदेश इन्चार्ज हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप