आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्रिकेटर सन्दीपमाथिको अनुसन्धान अन्तिम चरणमा

बयान सकियो, पत्राचार बाँकी
बुधबार, ०२ कात्तिक २०७९, १२ : ४४
बुधबार, ०२ कात्तिक २०७९

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध दर्ता भएको बलात्कार मुद्दाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । बुधवार जिल्ला अदालतमा प्रहरी वृत गौशालाका अनुसन्धान अधिकृतले सन्दीपको बयान पुरा भएको र पत्राचारको काम मात्रै बाँकी रहेको जानकारी गराएका छन् । अनुसन्धान अन्तिम चरणमा पुगेको हुनाले अदालतले लामिछानेलाई थप ४ दिन मात्रै हिरासतमा राख्न म्याद दिएको छ ।

प्रहरीले सन्दीपलाई थप ७ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । तर, सन्दीपको तर्फबाट मुद्दा हेरिरहेका अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रतिवाद गरेका छन् । न्यायाधीश नारायणप्रसाद दाहालले ४ दिनमा अनुसन्धान सकेर कार्तिक ६ मा अनुसन्धान प्रतिवेदन सहित आरोपीलाई उपस्थित गराउन आदेश गरेका छन् ।

बयान पुरा भएको र पत्राचार गर्न बाँकी रहेको अनुसन्धान अधिकृतले इजलासमा जानकारी गराएको अधिवक्ता सरोजकृष्ण घिमिरेले रातोपाटीलाई बताए । घिमिरेले भने– ‘पत्राचार अनलाइन माध्यमबाट पनि गर्न सकिने हुनाले ४ दिनमा अनुसन्धान सकेर प्रतिवेदन पेश गर्न आदेश भएको छ ।’

सन्दीप असोज २० बाट गौशाला प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत गौशालामा भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप