आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली पत्रकारलाई तालिम दिँदै फेसबुक

बुधबार, ०२ कात्तिक २०७९, १८ : ०५
बुधबार, ०२ कात्तिक २०७९

फेसबुकको मातृ कम्पनी मेटाले नेपाली पत्रकारहरुलाई तालिम दिने भएको छ । निर्वाचन आयोगको अनुरोधका आधारमा मेटाले बिहीबार अनलाइन जुम माध्यमबाट नेपाली पत्रकारहरुलाई तालिम दिन लागेको हो । 

मंसिर ४ गतेको निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले फेसबुकलाई नेपाली पत्रकारहरुलाई तालिम दिनको लागि अनुरोध गरेको थियो । आयोगको सो आग्रहलाई स्वीकार्दै मेटाले बिहीबार जुम मार्फत तालिम दिने तय भएको आयोगले जनाएको छ । इच्छुक संचारकर्मी जुम मार्फत सहभागी हुन सक्नेछन् । तालिम बिहान १० बजेदेखि सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप