आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भोलि सत्ता गठबन्धनको पोखरामा संयुक्त प्रशिक्षण

बिहीबार, ०३ कात्तिक २०७९, १९ : ५०
बिहीबार, ०३ कात्तिक २०७९

सत्ता गठबन्धनका शीर्ष नेताले भोलि पोखरामा संयुक्त कार्यकर्ता प्रशिक्षण दिने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपालले प्रशिक्षण दिने कार्यक्रम तयार भएको कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले बताए । 

उनका अनुसार शीर्ष नेताले शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिनेछन् । बिहीबार नै शीर्ष नेताहरु पोखरा आउने कार्यक्रम थियो । प्रधानमन्त्री देउवा र माधव नेपाल पोखरा आइसकेको शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप