आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उदयपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

शुक्रबार, ०४ कात्तिक २०७९, १५ : ०१
शुक्रबार, ०४ कात्तिक २०७९

उदयपुरको त्रियुगा नगरपालिका–१५ दहरमा  ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ असारीका २२ वर्षिय विकास राई रहेका छन् । 

दुर्घटनामा परी गम्भीर घाइते भएका राईको उपचारको क्रममा शुक्रबार बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो ।  

प्रदेश २ –०१–००१ त १०३३ नम्बरको ट्रयाक्टर बिहान साढे ९ बजे अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ  ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप