आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा ९ प्रतिशत नगद लाभांश पारित

शुक्रबार, ०४ कात्तिक २०७९, १५ : १५
शुक्रबार, ०४ कात्तिक २०७९

सिटिजन्स बैंक इन्टरनेसनलको सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा शुक्रबार सम्पन्न साधारणसभाले ९ प्रतिशत लाभांश पारित गरेको छ । 

आर्थिक वर्ष २०७८/७९ को  वितरणयोग्य मुनाफाबाट १४ अर्ब २ करोड ९७ लाख ४ हजार ६ रुपैयाँको ९ प्रतिशतका दरले हुन आउने रु. १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यससँगै सिटिजन्स बंैक आ.व. २०७८/७९ को लाभांश पारित गर्ने पहिलो बैंक बनेको छ । 

साधारणसभाले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एन/एफ/आर/एस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७८÷७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू पनि छलफल गरी स्वीकृत भएको छ । 

साथै साबिक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साबिक पूँजी संरचना ५१:४९ परिवर्तन भई कायम भएको पूँजी संरचना ५१.०७:४८.९३ बमोजिम प्रबन्धपत्रमा संसोधन गर्ने प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप