आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धनराज गुरुङ चढेको गाडी दुर्घटना

शुक्रबार, ०४ कात्तिक २०७९, १६ : ५९
शुक्रबार, ०४ कात्तिक २०७९

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार चुनाव प्रचारका क्रममा स्याङ्जाको गल्याङ बटुवामा गाडी दुर्घटनामा परेको हो । उपसभापति गुरुङले गाडी नालीमा खसेको र सबैजना सुरक्षित रहेको जानकारी दिए । उनले यसलाई सामान्य दुर्घटना भनेका छन् ।

‘सामन्य दुर्घटना : कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना । हामी सबै सुरक्षित छौं,’ गुरुङले ट्विटमा भनेका छन् । एक वर्षअघि पनि गुरुङ सवार गाडी सामान्य दुर्घटनामा परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप