कविता : धानका बाला झुलेर
शनिबार, ०५ कात्तिक २०७९, ०७ : १८
धानका बाला झुलेर
हेर बयली खेलेका,
हरिया फाँट पहेंलै
भई निकै नै खुलेका ।
किसान हेर रमाउँदै
छन् खेतका आलीमा
झुलेका बाला देखेर
भाग्छ दुःख पीर डालीमा ।
बाँझो खेतलाई खनेर
हेर मलिलो बनाए,
आशाका किरण यही नै
हेर स्वर्ग देखाए ।
अरुको पेट भर्नलाई
दिनै पसिना बगाए,
घाम पानी नभनी मेहनत गरी
भकारी भराए ।
मौसम पनि खुशी छ
आज घमाइलो बनेर
बालीनाली भित्राई पर्वलाई
हेर स्वागत गरेर ।
कृषि प्रधान मुलुक
हाम्रो विश्वमा प्रसिद्ध
ती पाखा बारी खनी र खोस्री
बनाऊ मुलुक ।