आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरमा सुरु भयो तिहार रमाइलो मेला

शनिबार, ०५ कात्तिक २०७९, ०७ : २३
शनिबार, ०५ कात्तिक २०७९

भक्तपुरको आदर्श चोकमा शुक्रबारदेखि तिहार विशेष रमाइलो मेला सुरु भएको छ । मेला कार्तिक ९ गते बुधबारसम्म चल्ने जनाइएको छ ।  आदर्शको सूर्यविनायक हरित कृषि तथा थोक बजार प्रालि आदर्श चोकको आयोजनामा मेला सुरु भएको हो । मेला तरकारी बजारभित्रै सुरु भएको हो । तरकारी बजारभित्र सस्तो बजारको शुभारम्भ एवं सूर्यविनायक हरित कृषि तिहार विशेष रमाइलो मेला २०७९ सुरु भएको हो । 

मेलाको व्यवस्थापन ममता केन्द्र नेपाल काठमाडौं गरेको छ । खुशी जनरल स्टोर सूर्यविनायक नगरपालिका ८ आदर्श चोकले मेलाको सहयोगी रहेको छ । मेलाको क्रममा दैनिक विभिन्न राष्ट्रिय कलाकारहरुबाट गीत, संगीत, नृत्यमार्फत मनोरञ्जन गराउने कार्यक्रम रहेको जनाइएको छ । 

मेलाको क्रममा प्रत्येक दिन बिहान साढे ११ बजेदेखि राति साढे सात बजेसम्म मनोरञ्जनात्मक कार्यक्रम हुने जनाइएको छ । मेलामा सहभागी हुन प्रतिव्यक्ति ५० रुपैयाँ टिकट दर रहेको छ । साथै विद्यार्थीका लागि प्रतिव्यक्ति ३० रुपैयाँ प्रवेश शुल्क राखिएको छ । मेलामा बृद्धबृद्धा, अपांग, पत्रकार आदिका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ । 

यसअघि मेलाको उद्घाटन पूर्व उद्योगमन्त्री महेश वस्नेतले गरेका थिए । कार्यक्रममा सूर्यविनायक हरित कृषि तथा थोक बजार प्रालिका अध्यक्ष राकेश प्रसाईको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले नेता किरण थापालगायतका सहभागी रहेका थिए । 
न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप