आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सातामा प्रतितोला १ सय रुपैयाँले घट्यो सुनको मूल्य

शनिबार, ०५ कात्तिक २०७९, १५ : २५
शनिबार, ०५ कात्तिक २०७९

एक साताको अवधिमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्य घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार १०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँ थियो । जुन, यो साताको शनिबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम छ ।

यो साताको आइतबार सुनको मूल्य एकैदिन तोलामा १००० रुपैयाँले घटेको थियो । यस्तै, सोमबार २०० रुपैयाँले बढेको थियो भने मंगलबार १०० रुपैयाँले बढेको थियो । यस्तै, बुधबार तोलामा २०० रुपैयाँले घटेको सुनको भाउ विहीबार फेरि १०० ले घटेको थियो । यस्तै, शुक्रबार तोलामा ६०० रुपैयाँले घटे पनि आज शनिबार पुन १५ सय रुपैयाँले बढेको महासंघले जनाएको छ ।

यस्तै, यो साता चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो शनिबारसम्म उक्त मूल्यले चाँदीको भाउ बढेको जनाएको हो । गत साताको शुक्रबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी हाल १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप