आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालको वैदेशिक व्यापार– ३४ प्रतिशतले घट्यो निर्यात, १३ प्रतिशतले खुम्चियो आयात

शनिबार, ०५ कात्तिक २०७९, १५ : ३२
शनिबार, ०५ कात्तिक २०७९

गत आर्थिक वर्षको तुलनामा नेपालको निर्यात ३४ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गत वर्षको तुलनामा चालू आर्थिक वर्षको २ महिनाको अवधिमा निर्यात ह्वात्तै घटेको हो ।

तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९÷८० को साउन र भदौ महिनामा नेपालबाट २८ अर्ब ६८ करोड रुपैयाँको निर्यात भएको छ । गतवर्ष २०७८÷७९ को २ महिनाको अवधिमा नेपालको निर्यात ११५ प्रतिशतले बढेको थियो । यस अवधिमा नेपालबाट भारततर्फ हुने निर्यात ४५.२ प्रतिशतले र चीनतर्फ हुने निर्यात २१.६ प्रतिशतले घटेको छ ।

यस्तै, यी दुई बाहेक अन्य मुलुकतर्फ हुने निर्यात १३.२ प्रतिशतले घटेको छ । खासगरी, नेपालबाट विदेशतर्फ हुने जिंक सिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधी लगायत वस्तुको निर्यात घटेको छ ।

तथ्याङ्कले नेपालको निर्यात मात्र नभई आयातसमेत घटेको देखाएको छ । चालू वर्षको २ महिनाको अवधिमा नेपालको आयात १३ प्रतिशतले घटेको छ । यस अवधिमा नेपालले विदेशबाट २ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ आयात गरेको छ । गत वर्षको यही अवधिमा यस्तो आयात ७५.९ प्रतिशतले बढेको थियो ।

भारतबाट हुने आयात ९.५ प्रतिशतले घट्दा चीनतर्फबाट हुने आयात १३.३ प्रतिशतले घटेको छ । यस्तै, अन्य मुलुकबाट हुने आयात २०.७ प्रतिशतले घटेको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप