आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चौथो पटक म्याद थपका लागि सन्दीपलाई जिल्ला अदालतमा उपस्थित गराइँदै

आइतबार, ०६ कात्तिक २०७९, १० : १३
आइतबार, ०६ कात्तिक २०७९

बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ । 

नाबालिगलाई​ जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई चौथो पटक म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो । 

गत भदौ ५ गते १७ वर्षीय नाबालिगलाई​ जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप