५ अर्ब ६० करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक
आइतबार, ०६ कात्तिक २०७९, १३ : ३३
नेपाल राष्ट्र बैंकले आइतबार ५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । आगामी कात्तिक १४ गते बिक्री गर्ने गरी बैंकले सो परिमाणको ट्रेजरी बोलकबोल गर्न लगेको हो ।
बैंकको सूचना अनुसार आज दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ । ९१ दिने र ३६४ दिनेगरी दुई किसिमको ट्रेजरी बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ३ अर्ब ६० करोड रुपैयाँ छुट्टयाएको छ भने ३६४ दिनका लागि २ अर्ब रुपैयाँ छुट्टयाएको छ ।
यसअघि बैंकले असोज ३१ गते ४ किसिममा कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।